PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

औषधी खरिदमा पोखरिया नगरपालिकाको अनियमितता, बजार भाउभन्दा तेब्बर रेट राखेर बिल पेश!



राधेश्याम पटेल

औषधी खरिदमा पोखरिया नगरपालिकाको अनियमितता, बजार भाउभन्दा तेब्बर रेट राखेर बिल पेश!

वीरगंज : पर्साको पोखरीया नगरपालिकाले गत आवको बजेटको दुरुपयोग गरेको प्रमाण भेटिएको छ। गत आव २०७६/०७७ को बजेटबाट कोरोना महामारी नियन्त्रणको नाउमा व्यापक अनियमितता गरी स्वास्थ्य सामाग्री तथा औषधी खरिद गरेको प्रमाण भेटिएको हो।

नगरपालिकाको स्वस्थ्य शाखाले खरिद गरेको करिब एक करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री तथा औषधीमा व्यापक अनियमितता भएको पोखरीया नगरपाकिलाका जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। बजारमा पाउने दामभन्दा दोब्बर र तेब्बर मुल्यमा उक्त समान तथा औषधी खरिद गरिएको प्रमाण सार्वजनिक भएपछि अहिले पोखरीया नगरपालिकाको गत आवको हिसाब किताबबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन पनि शुरु गरेको एक जनप्रतिनिधिले जनाए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी र स्वास्थ्य शाखा संयोजक कौश्लेन्द्र मिश्रको मिलोमतोमा त्यसो गरिएको एक जनप्रतिनिधिले बताए।

‘बजार भाउभन्दा दोब्बर तेब्बर मूल्य बढाएर समान खरिद गरिएको छ,’ उनले भने, ‘एक करोडको समान तथा औषधीमा कम्तिमा २० लाख रुपैयाको कमिसनको चलखेल भएको छ, यसको छानविन गरी दोषीलाई कारावाहीको दायरामा ल्याउनु पर्छ।’

वीरगंजका व्यवसायी दिपक अग्रवालको विभिन्न फर्म जस्तै सिटी फर्मा वीरगंज(भ्याट नं ३०१९१८९५८) बाट ०७७ असार १७ तगे,सिटि सर्जिकल हाउस(पान नं ६०८८९६०)बाट  ०७६ असार २५ गते र काठमाडौंको सप्लार्यस, क्यापिटल सर्जिकल प्रालि(भ्याट नं ६०९७४८१९२)बाट ०७७ असार २५ गतेको मितिमा खरिद गरिएको विभिन्न समानको दर रेट दोब्बर तेब्बर बढाएर खरिद गरिएको बिल फेला परेपछि पोखरीया नगरपालिकाको अनियमित्ताको गुथी कुरा प्रकाशमा आएको हो। बजारमा अधिकतम ७ सय सम्ममा पाइने तौल नाप्ने एउटा मेसिन २५ सयमा, अधिकतम १३ सयमा पाइने आलासहितको बीपी सेट २२ सयमा, बजारमा १९ सयमा पाइने आईयूसिडी सेट २५ सयमा, १६ सयमा पाइने रिमुभर सेट २५ सयमा, १३ सयमा पाइने इम्प्लान्ट रिमुभर सेट १७ सयमा सिटि फर्मा वीरगंजबाट खरिद गरिएको छ भने सिटी सर्जिकलबाट आईयूसिडी रिमुभर सेट ५५ सयमा, इम्प्लान्ट सेट ३४ सयमा र क्यापिटल सर्जिकल प्रालि काठमाडौंबाट विपि सेट २५ सयमा खरिद गरिएको छ। औषधीको मात्रै ३० लाखको एउटा टेण्डरमा कम्तिमा ५ लाखभन्दा बढीको कमिसनको भागबन्डा कर्मचारीहरुले लगाएको ती जनप्रतिनिधि दाबी छ। यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कुरा गर्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको थियो।

स्वास्थ्य शाखा संयोजक मिश्रले भने कोरोना महामारीमा यातायात तथा बजार बन्द रहेको अवस्थामा कुनै कुनै समान महगो दाममा खरिद गरिएको स्पष्ट पारे। उनले महामारीलाई लक्षित भई समान महँगोमा खरिद गर्न आफुहरु बाध्य भएको प्रतिक्रिया दिए। यता, सिटि फार्मा  र सिटि सर्जिकलका सञ्चालक दीपक अग्रवालले स्वास्थ्य सामाग्री तथा अन्य समान बिक्री वितरण सबै प्रक्रिया तथा टेण्डरबाट भएकोले आफनो दोष नरहेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell