PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

श्रीमती हत्या अभियोगमा श्रीमान् समातिए



पहिलोपोस्ट

श्रीमती हत्या अभियोगमा श्रीमान् समातिए

काठमाडौंः दोलखामा श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ। कालिन्चोक गाउँपालिका ६ खारेबेसीका २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रवार राती करिब २ बजे थामीले श्रीमती माथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए। श्रीमतीको हत्या गरी भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

'घटना भएको जानकारी पाएपछि हामी घटनास्थलमा पुगेका थियौँ। थप अनुसन्धान भइरहेको छ,' जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले भने।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell