PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ललितपुरको जुवा खालमा प्रहरीको छापा, १७ जना जुवाडे समातिए



पहिलोपोस्ट

ललितपुरको जुवा खालमा प्रहरीको छापा, १७ जना जुवाडे समातिए

काठमाडौंः ललितपुरबाट प्रहरीले जुवा खेली रहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले शुक्रवार साँझ ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। अजय महर्जनको चार तले घरको दोस्रो तलामा जुवा  खेली रहेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले ३० लाख ८४ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell