PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सरकारसँग वार्ता र संवाद गर्न विप्लव तयार



पहिलोपोस्ट

सरकारसँग वार्ता र संवाद गर्न विप्लव तयार

काठमाडौं : नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक भएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरबाट महत्वपूर्ण घोषणा गर्ने बताइरहेको अवस्थामा प्रतिवन्धित अवस्थामा रहेको पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको जनाएको हो।

'हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रकृयामा आम जनसमुदाया सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदैछौं,' नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell