PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सामाजिक सञ्जाल निर्देशिकाविरुद्ध माइतीघरमा यूथ कांग्रेसको प्रदर्शन

सामाजिक सञ्जाल निर्देशिकाविरुद्ध माइतीघरमा यूथ कांग्रेसको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल प्रयोग कर्तालाई कस्ने निर्देशिकाको विरुद्धमा आज यूथ कांग्रेसले शान्तिपूर्ण प्रदर्शन गरेको छ। आज काठमाडौंको माइतीघरमा विभिन्न कार्यक्रम गर्दै यूथ कांग्रेसले  प्रदर्शन गरेको हो।

प्रदर्शनमा युवाको मुख्य सहभागिता थियो। विभिन्न नारा लेखिएको पर्चासहित सहभागी प्रदर्शनकारीहरूले गरेको शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नागरिकको स्वतन्त्रता र बोल्न पाउने अधिकार विरुद्ध अङ्कुश लगाउने निर्देशिका कुनै पनि हालतमा मान्य नहुने उनीहरुले बताए।

विभिन्न क्रान्ति, बलिदान र संघर्षले नेपाली जनताले प्राप्त गरेको स्वतन्त्रता र बोल्न पाउने हकविरुद्ध राज्यको यस्तो हर्कतको यूथ कांग्रेसले घोर भर्त्सना गर्ने यूथ कांग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सिना ले बताए।

सरकारले ल्याउन लागेको यस निर्देशिकाले नियोजित रुपमा कुनै पनि व्यक्तिको विचार र अभिव्यक्ति माथि अङ्कुश लगाएर सरकारको विरुद्ध उठ्ने गरेको विरोधलाई रोक्न खोजेको देखिएको प्रदर्शनमा सहभागी एक युवाले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell