PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु



पहिलोपोस्ट

म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
Photo: REUTERS

म्यानमारमा सैन्य ‘कू’विरुद्ध भइरहेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शनिवार दुई जनाको मृत्यु भएको छ। मन्डालेमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको द म्यानमार टाइम्सले उल्लेख गरेको छ।

आन्दोलनकारीहरुविरुद्ध प्रहरीले ‘लाइभ एम्युनिसन’ प्रयोग गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। प्रहरीसँगको झडपमा अन्य थुप्रै आन्दोलनकारी घाइते समेत भएका छन्।

माघ १९ गते म्यानमारमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसयता दैनिक रुपमा म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell