PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भारतसँग खरिद गरेको कोभिडविरुद्धको खोप आइतबार प्राप्त हुँदै, फागुन २३ गतेबाट देशभर वितरण हुने



पहिलोपोस्ट

भारतसँग खरिद गरेको कोभिडविरुद्धको खोप आइतबार प्राप्त हुँदै, फागुन २३ गतेबाट देशभर वितरण हुने
फाइल फोटो

काठमाडौँः नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा दश लाख डोज आइतबार (फागुन ९) गते प्राप्त हुने भएको छ। २० लाख डोज खोप द्रुत गतिबाट खरिद गर्नेगरि यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। निर्णयको एक साताभित्रै पहिलो चरणको खोप प्राप्त हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबार एयर इन्डियाको उडानबाट खोप ल्याइने छ।

मन्त्रालयले फागुन २३ गतेबाट जिल्लास्थित स्वास्थ्य कार्यालयको समन्वयमा दशैभरका स्वास्थ्य केन्द्रबाट खोप वितरण गरिने जनाएको छ। सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालले खरिद गरेको हो। फागुन २३ गतेसम्म खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरिनेछ।

यसअघि भारतले नेपाललाई दश लाख डोज खोप सहयोग गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell