PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बलात्कारविरुद्ध सडक नाटकः युवाको प्रदर्शन, 'न्याय हराएको मेरो देश'



निशा गुरुङ

बलात्कारविरुद्ध सडक नाटकः युवाको प्रदर्शन, 'न्याय हराएको मेरो देश'

हेटौँडाः देशका विभिन्न स्थानमा भइरहेका बलात्कार र महिला हिंसाका घटनाविरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रर्दशन भएको छ।

युवाको सहभागितामा हेटौँडाको बुद्धचोकमा न्यायका लागि स्वतन्त्र जनदबाब नामक अभियानले विरोध प्रर्दशन गरेको हो। अभियानमा सहभागीहरुले पितृसत्तात्मक राज्य व्यवस्था र कानुन कार्यान्वयनको कमजोर अवस्थाका कारण देशमा बालबालिका र महिलामाथि हिंसाका घटना बढिरहेको बताएका छन्।

हुप्रचौरबाट सुरु भएको र्‍याली बुद्धचोकमा आएर टुंगिएको थियो। उनीहरुले विभिन्न सचेतनामूलक प्लेकार्ड बोकेका थिए। सो क्रममा सडक नाटक समेत प्रदर्शन भएको थियो। राज्यलाई दबाब दिन र सर्वसाधारणमा सचेतनाका लागि प्रर्दशन गरिएको अभियन्ता विकेशलाल श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell