PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार, १९९९ पछि पहिलो पटक एनफिल्डमा एभर्टनको जित



पहिलोपोस्ट

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार, १९९९ पछि पहिलो पटक एनफिल्डमा एभर्टनको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग पराजित भएको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुल २-० गोलअन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमै एभर्टनले अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमै जेम्स रोड्रिगेजको उत्कृष्ट पासमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा लिभरपुलका साडियो मानेले दुइवटा उत्कृष्ट हेडिङको अवसर सदुपयोग गर्न सकेनन्। त्यस्तै सलाहको उत्कृष्ट प्रहार एभर्टनका गोलकिपर जोर्डन पिकफर्डले निस्फल पारिदिए।

एभर्टनले दोस्रो गोल पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेको थियो। ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीमा गिल्फी सिगुरोसनले गोल गर्दै ८३ औं मिनेटमा एभर्टनको अग्रता दोब्बर बनाए।

प्रिमियर लिगमा लिभरपुलको लगातार यो चौथो हार हो। त्यस्तै घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनसँग पराजय ब्यहोरेको यो सन् १९९९ यता पहिलो पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell