PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गाँजा नष्ट गरेपछि स्थानीयको आक्रोश, स्थिति नियन्त्रण गर्ने दुई राउन्ड हवाई फायर



पहिलोपोस्ट

गाँजा नष्ट गरेपछि स्थानीयको आक्रोश, स्थिति नियन्त्रण गर्ने दुई राउन्ड हवाई फायर

काठमाडौंः मकवानपुरमा प्रहरी र स्थानीयबिच झडप भएको छ।

झडपलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड हवाई फायर समेत गरेको जानकारी दिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ गाल्छाराङमा बारीमा लुकाएको १८ क्विन्टल गाँजा जलाई फर्किने क्रममा प्रहरी माथि आक्रमण भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटार स्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरी माथि हातपात समेत भएकाले दुई राउन्ड गोली प्रहार गरिएको डिएसपी रानाले बताए। प्रहरीले राक्सिराङ गाउँपालिका १ बस्ने ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

त्यस्तै कुपिनटारस्थित बारीमा १५ किलो गाँजा र १४ किलो गाँजाको भाङ बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell