PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

प्रधानमन्त्रीको गृहजिल्लाबाट कमल थापाले भने : निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ, अवसरको रुपमा उपयोग गरौं



रासस

प्रधानमन्त्रीको गृहजिल्लाबाट कमल थापाले भने : निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ, अवसरको रुपमा उपयोग गरौं

दमक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन्।

मिडिया नेपालद्वारा आज झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे।

उनले भने, ‘निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ। निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ। ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ।’ नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो।

थापाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell