PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

‘खुकुरी म्युजिक नेसन’को आज फिनाले



पहिलोपोस्ट

‘खुकुरी म्युजिक नेसन’को आज फिनाले

खुकुरी रमले आयोजना गरेको ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिताको आज फिनाले हुँदैछ।

कोरोना महामारीका कारण प्रतियोगिताको अनलाइन अडिसन भएको थियो। अडिसनमा सहभागीमध्ये शीर्ष १६ प्रतियोगीहरुको नाम २०२१ जनवरी १ मा घोषणा गरिएको थियो। ४ जना प्रतियोगीहरुको आज फिनालेमा प्रस्तुति रहने छ।

कार्यक्रममा नेपाली सांगीतिक ब्यान्डहरु कबवेब, समृद्धि राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सको समेत प्रस्तुति रहने छ।

'खुकुरी म्युजिक नेसन' मा विपुल क्षेत्री, समृद्धि राई र सबिन राई निणार्यकको भूमिकामा रहेका छन्। 

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ बराबरको खुकुरी म्युजिकलसँग करार सम्झौता गर्दै कलाकारहरुसँग देशका विभिन्न भागमा सांगीतिक प्रस्तुति दिन अवसर पाउने छन्।

कार्यक्रम साझ ७ बजे क्लब प्लेटिनममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell