PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अक्षय र दीपिका उत्कृष्ट कलाकार, अजयको 'तान्हाजी' उत्कृष्ट फिल्म



पहिलोपोस्ट

अक्षय र दीपिका उत्कृष्ट कलाकार, अजयको 'तान्हाजी' उत्कृष्ट फिल्म

बलिउड अभिनेता अजय देवगनको फिल्म 'तान्हाजी द अनसक्सं वारियर' ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

पाचौं संस्करणको दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अवार्डमा ‘तान्हाजी’ उत्कृष्ट फिल्म बनेको हो।

कलाकारतर्फ अक्षय कुमार र दीपिका पादुकोण उत्कृष्ट बनेका छन्। अक्षयलाई फिल्म 'लक्ष्मी' को लागि उत्कृष्ट अभिनेता र दीपिकालाई 'छपाक' फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ओस्कर अवार्ड जित्न सफल ‘प्‍यारासाइट’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell