PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

त्रिभुवन विमानस्थलमा भित्रियो थप १० लाख डोज खोप, द्रुत गतिबाट थियो सरकारले किनेको

त्रिभुवन विमानस्थलमा भित्रियो थप १० लाख डोज खोप, द्रुत गतिबाट थियो सरकारले किनेको

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज नेपाल भित्रिएको छ।

नेपालले भारतसँग २० लाख डोज किनेकोमा त्यसको आधा आज ल्याइएको हो। कोभिसिल्ड नामको यही खोप यसअघि लगाउन थालिसकिएको छ। भारतले अनुदानमा दिएको खोपपछि आफैँले किनेको यो पहिलो खेप हो। 

एयर इन्डियाको विमानबाट ल्याइएको खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो। फागुन २३ गतेबाट सबै जिल्लाको स्वास्थ्य कार्यालयको समन्वयमा यसको वितरण हुनेछ। त्यसअघि टेकुमा रहेको कोल्ड स्टोरमा यसको भण्डारण हुनेछ। 

२० लाख डोज खोप द्रुत गतिबाट खरिद गर्नेगरि यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell