
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले रिक्त रहेको पदमा पदपूर्तिका लागि ९ बुँदे एकता मापदण्ड बनाएको छ।
एक स्थायी कमिटी सदस्यका अनुसार ५०/५० प्रतिशतका आधारमा प्रचण्ड-नेपालले संरचनागत एकता गर्ने निर्णय गरेको छ। उनका अनुसार जिल्ला कमिटी र प्रदेश कमिटीले खाली रहेका ठाउँमा पदपूर्तिका लागि सचिवालयलमा नाम सिफारिस गर्ने छन्।
यसअघि नेकपा एकताका बेला एमाले र माओवादी बीच ६०/४० प्रतिशका आधारमा एकीकरण भएको थियो।
प्रचण्ड-नेपाल समूहका नेताहरु ओली समूहमा लागेकाले कतिपय पद रिक्त रहेका छन्। भने एकताको काम सकिसकेको छैन।
शुक्रवारको स्थायी कमिटी बैठकले पनि एकताको काम चाँडै समापन गर्ने निर्णय गरेको थियो।