PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेशपछि भीम आचार्य ढुक्क, 'प्रस्ताव अत्याधिक मतले पास हुन्छ'



फूलमाया पुरी

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेशपछि भीम आचार्य ढुक्क, 'प्रस्ताव अत्याधिक मतले पास हुन्छ'

विराटनगर : प्रचण्ड माधव पक्षका नेता तथा प्रदेश १ मा मुख्यमन्त्रीमा प्रस्तावित नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अत्याधिक मतले पारित हुने दाबी गरेका छन्।

आज प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि आचार्यले यस्तो बताएका हुन्। 'हामीसित यो संख्या पुग्दैन भन्ने प्रश्नै उठ्दैन। किन भने यो संख्या हाउसले पुर्‍याउने हो। अरु प्रतिपक्षी दलहरु पनि छन्। हामी आफै बहुमतमा छौं। सबैको सहयोगले यो अत्याधिक बहुमतिले पास हुन्छ,' आचार्यले भने।

फागुन २० गतेको सदनमा एक दुई दिन छलफल पछि यो टुंगोमा पुग्ने आचार्यले दाबी गरे। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री राई तथा प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरु भने आजको बैठकमा सहभागी भएनन्।

त्यसका बाबजुद् २ बजे शुरु हुने भनिएको बैठक ४ बजे शुरु हुने बित्तिकै सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्न आग्रह गरे।

प्रदेश सदस्य एवं नेकपाका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे। आङ्बोले प्रस्ताव पेश गर्नसाथ सभामुख भण्डारीले बैठक फागुन २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराए।

आङ्बोले राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। अविश्वासको प्रस्तावमा सुरुमा ३७ जनाको हस्ताक्षर रहेकोमा ५ जनाले फिर्ता लिएका छन्। प्रदेश सभामुख भण्डारीका अनुसार प्रदेशसभा सदस्यहरु जसमाया गमजेर, गोपालचन्द्र बुढाथोकी, शिवप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घले अविश्वासको प्रस्तावबाट ब्याक भएका हुन्।

अविश्वासको प्रस्ताव छलफलका लागि पेस भएसँगै सभामुख भण्डारीले फागुन २० गते विहीवार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

वैठकपछि नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सत्ता पक्ष देखेर दया लागेको र संसद शुरु हुँदा गर्व लागेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell