PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण



पहिलोपोस्ट

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।

नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश २ पुगेका झालाई जनकपुर विमानस्थलमा नेकपा ओली समूहका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell