PahiloPost

May 16, 2026 | २ जेठ २०८३

वाग्मती प्रदेशमा एक लाख २८ हजारले लगाए कोरोना विरुद्धको खोप



पहिलोपोस्ट

वाग्मती प्रदेशमा एक लाख २८ हजारले लगाए कोरोना विरुद्धको खोप

हेटौँडा : वाग्मती प्रदेशमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या एक लाख २८ हजार नाघेको छ। प्रदेशमा दुई चरणमा गरेर एक लाख २८ हजार २ सय ४६ जनाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। मकवानपुर जिल्लामा भने कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरुको संख्या २ हजार ६ सय २४ जना पुगेको छ।

सामाजिक विकास मन्त्रालयका कोभिड फोकल पर्सन डा पुरुषोत्तम सेढाईका अनुसार प्रदेशमा पहिलो चरणमा ६७ हजार ३ सय ५६ जना र दोस्रो चरणको सात दिन सम्मको अवधिमा ६० हजार ८ सय ८९ जनालाई खोप लगाइएको छ। दोस्रो चरणमा सरकारले सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार लगायतलाई खोप लगाइरहेको छ। दोस्रो चरणमा प्रदेशमा एक लाख ५ हजार ८ सय १७ जनालाई खोप लगाउने लक्ष्य अनुसार आज सम्म आधा भन्दा धेरैलाई खोप लगाइसकिएको कोभिड फोकल पर्सन डा सेढाईले बताए।

प्रदेशमा ३७ वटा खोप केन्द्रबाट खोप लगाइरहेको उनले बताए। डा सेढाईका अनुसार प्रदेशको काठमाडौं उपत्यकामा सबै भन्दा धेरै जनामा कोरोना विरुद्धको खोप लगाइएको छ। वाग्मती प्रदेशमा हिजो ८ गते एकै दिन ४ हजार ५ सय ५३ जनामा कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell