PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

टोटेनहमलाई हराउँदै वेस्टहम शीर्ष चारमा



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै वेस्टहम शीर्ष चारमा
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वेस्टहम युनाइटेडले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वेस्टहमले टोटेनहममाथि २-१ गोलअन्तरको जित निकालेको हो।

मिचाइल एन्टोनियोको गोलमा घरेलु टोलीले खेलको पाँचौ मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेस्टहमका लागि दोस्रो हाफमा जेस्से लिङ्गार्डले गोल गर्दै अग्रता बनाए। उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए। उता टोटेनहमका लागि लुकास मौराले खेलको ६४ औं मिनेटमा ग्यारेथ बेलको पासमा गोल फर्काए। तर यो खेलमा फर्कन भने पर्याप्त भएन।

हारसँगै पछिल्ला पाँच खेलमध्ये चार खेलमा पराजय ब्यहोरेको टोटेनहम २४ खेलबाट ३६ अंक जोड्दै तालिकाको छैठौं स्थानमा छ। त्यस्तै २५ खेलबाट ४५ अंक जोडेको वेस्टहम शीर्ष चारमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell