PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरे : कृष्ण प्रसाद सिटौला



पहिलोपोस्ट

ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरे : कृष्ण प्रसाद सिटौला

विराटनगर : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको झगडाको रिस संसदमा पोखेका प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्न संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसद विघटन जनताको अधिकार माथिको माहामारी भएको पनि बताएका छन्।

बहुमतको प्रधानमन्त्रीको इच्छामा संसद विघटन गर्ने अधिकार संविधानमा नभएको भन्दै नेता सिटौलाले सर्वोच्च अदालतले आफ्नो पक्षमा निर्णय नगरे आन्दोलनमा जाने ओलीको भनाइ सम्पूर्ण व्यवस्थामाथी राज्य आतंक भएको दावी गरे।

स्वयं देशकै प्रधानमन्त्रीमा सहनशीलता नम्रता र जनताप्रति सम्मान नभएको भन्दै उनले सर्वोच्च अदालतले ओली धम्कीमा निडर भई निष्पक्ष निर्णय गर्नेमा आफू विश्वस्त भएकोमा जोड दिए।

‘आमसभामा धम्कीपूर्ण आएका अभिव्यक्ति न्यायलयलाई पनि हो’, उनले भने, ‘जनताको सार्वभौम अधिकारको रक्षा गर्न अदालत सक्षम छ भनेर देखाउने समय आएको छ।’

आइतवार पत्रकार महासंघ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नीति तथा कार्यक्रम सफल नभएपछि प्रधानमन्त्रीले संसद विघटन गरेको उनले बताए। त्यस्तै, म बिना देश चल्दैन भन्ने प्रधानमन्त्रीको अहंकारले राज्यका सम्पूर्ण व्यवस्था अस्थिरतातर्फ धकेलिएको उनको भनाइ छ।

त्यसो त ओली नेतृत्वको विरुद्धमा सर्वोच्चको फैसला पर्खिएको कांग्रेसले हतारिएर कुनै पनि निर्णय नगर्ने सिटौलले स्पष्ट पारे। र, प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विदोर गरी संसद पुनर्स्थापना गर्नुपर्ने कांग्रेसको प्रष्ट धारणा भएको पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell