स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना काडिजसँग १-१ को बराबरीमा रोकिएको हो।
पहिलो हाफमा कप्तान लियोनल मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मेस्सीले अग्रता दिलाएका थिए। यद्यपि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो। खेलको ८९ मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत नै गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीमा रोकिएसँगै बार्सिलोना २३ खेलबाट ४७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै काडिज २५ अंक सहित १४ औं स्थानमा छ। त्यस्तै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले २३ खेलबाट ५५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले २४ खेलबाट ५२ अंक जोडेको छ।
