PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी वरिष्ठ हबल्दारविरुद्ध मुद्दा



रासस

घुस लिएको अभियोगमा सशस्त्र प्रहरी वरिष्ठ हबल्दारविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हबल्दार सरवनकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी प्रयोजनका लागि काठ तथा दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले बस्नेतलाई केही दिन पहिले पक्राउ गरेको थियो। आयोगका अनुसार सशस्त्र प्रहरी हबल्दार बस्नेतले घुस लिएको पुष्टि भएको पाइएपछि बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell