PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

आर्सनल घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

आर्सनल घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनल लिगलिडर सिटीसँग १-० गोलअन्तरले पराजित भएको हो।

सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरे। उनले खेलको दोस्रो मिनेटमा रियाद महरेजको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको अन्य खेलहरुमा लेस्टर सिटीले एस्टोन भिल्लालाई २-१ गोलअन्तरले हराउँदा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३-१ गोलअन्तरले हरायो।

जितसँगै सिटीले तालिकाको शीर्षस्थानमा १० अंकको अग्रता यथावत राखेको छ। सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टरसिटीले त्यति नै खेल खेलेर समान ४९ अंक जोडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell