प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्चबाट फैसला आउने क्रममा छ। यही संघारमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसको विपक्षमा फैसला आउनै नसक्ने दाबी गरेका छन्। कुनै जालझेल र सेटिङबाट जनताको विपक्षमा फैसला आए आन्दोलनमा उत्रने उद्घोष ओलीले गरिसकेका छन्।