PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

ओलीले गल्ती गरे : मोहनविक्रम सिंह



रासस

ओलीले गल्ती गरे : मोहनविक्रम सिंह

बलेवा : नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन्।

प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए।

'यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्,' उनले भने, 'नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्‍यो।' धर्मनिरपेक्षता हटाउन र एमसीसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए। 'छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्,' उनले भने।

सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell