PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

ओलीको 'प्रतिगमन पुतला'मा अनेरास्ववियुद्वारा जुत्ता प्रहार

ओलीको 'प्रतिगमन पुतला'मा अनेरास्ववियुद्वारा जुत्ता प्रहार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन्।

अनेरास्ववियुका नेताहरुले प्रतिगमन लेखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलामा जुत्ता प्रहार गरेका थिए। ओलीको जनसभाहरुमा प्रयोग गरिएको तस्विरको 'ब्ल्याक प्रिन्ट' गरेर प्रतिगमन लेखिएको थियो।

नारायणहिति दरबार अघि सरकारविरुद्ध नारा लगाउँदै जुत्ता प्रहार गरिएको हो। त्यसक्रममा प्रहरीले पुतलामा जुत्ता प्रहार गर्न रोक्ने प्रयास गर्ने केहीबेर धक्कामुक्की भएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell