PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मृत्युको ८ महिनापछि सुशान्त सिंह राजपुतलाई ‘क्रिटिक्स उत्कृष्ट अभिनेता’ अवार्ड



पहिलोपोस्ट

मृत्युको ८ महिनापछि सुशान्त सिंह राजपुतलाई ‘क्रिटिक्स उत्कृष्ट अभिनेता’ अवार्ड
Photo: dpiff_official/instagram

सुशान्त सिंह राजपुतलाई ‘दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’मा क्रिटिक्स उत्कृष्ट अभिनेताको रुपमा सम्मानित गरिएको छ। ‘दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ले आफ्नो आधिकारिक इन्स्टाग्राममा फोटो सेयर गर्दै सो जानकारी दिएको हो।

जसमा लेखिएको छ, ‘उपलब्धीको मार्गमा तपाईले देखाउनु भएको समर्पणको उत्सव मनाउँदै छौँ। स्वर्गीय सुशान्त सिंह राजपुतलाई दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल-२०२१ मा क्रिटिक्स उत्कृष्ट अभिनेता अवार्डका लागि बधाई छ। हामी तपाईँलाई सम्झिरहने छौँ।’

उनको अन्तिम फिल्म ‘दिल बेचारा’को लागि उनलाई अवार्ड दिइएको हो। जुन फिल्म उनको मृत्युपछि रिलिज भएको थियो। फिल्म फेस्टिबल अर्वाडको ५ औँ संस्करण २० फेब्रुअरीमा मुम्बईमा सम्पन्न भएको छ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले १४ जुन २०२० मा आत्महत्या गरेका थिए। उनको आकस्मिक मृत्युले सम्पूर्ण बलिउडलाई हल्लाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell