PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विप्लव नेता बास्तोला रिहा भए लगतै पक्राउ, काभ्रेमा मुद्दा भएको भन्दै समातियो



पहिलोपोस्ट

विप्लव नेता बास्तोला रिहा भए लगतै पक्राउ, काभ्रेमा मुद्दा भएको भन्दै समातियो

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव समुहका नेत धर्मेन्द्र बास्तोला पुनः पक्राउ परेका छन्।

सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगतै नेता वास्तोलालाई पक्राउ गरिएको हो। न्यायाधीश मिरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएका थिए। सरकारले प्रतिवन्ध लगाएको विप्लव समुहसँग सरकारले वार्ताको तयारी गरिरहेको छ। विप्लव समुह पनि वार्ताको लागि सकारात्मक नै देखिएको छ।

'काभ्रेमा उहाँको मुद्धा परेको छ। त्यसैको लागि नियन्त्रणमा लिएका हौं। उहाँलाई काभ्रे नै लगिने छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशिल सिंह राठौंरले भने।

पुष २९ गते महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोलालाई नियन्त्रणमा लिएको थियो। ललितपुरले विषेश सूचनाको आधारमा ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट समूहका केही नेता तथा कार्यकर्ता समातेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell