PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिल्म ‘प्रसाद २’मा फेरिए निर्देशक, कलाकार पुरानै



पहिलोपोस्ट

फिल्म ‘प्रसाद २’मा फेरिए निर्देशक, कलाकार पुरानै

काठमाडौं : 'प्रसाद २' मा निश्चल बस्नेत अनुबन्धित भएका छन्।  बस्नेतले आज 'प्रसाद २' टिमसँग औपचारिक सम्झौता गरेका हुन्।

'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो। 'प्रसाद २' का लागि यसअघि नै विपीन कार्की र नम्रता श्रेष्ठ फाइनल भइसकेका थिए। सिक्वेलमा बस्नेतको इन्ट्री भने आजमात्रै पुष्टि भएको हो।

'प्रसाद' व्यवसायिक र समिक्षात्मक रुपमा सफल भएको थियो।

'प्रसाद २' को कलाकारहरु पुरानै भएपनि निर्देशक भने फेरिएका छन्। यसपटक फिल्मको निर्देशन सौरभ चौधरीले गर्नेछन्।

सुभाष थापा फिल्मका निर्माता हुन्। फिल्मको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन्। ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए।

'प्रसाद २' को छायांकन चैतको पहिलो साताबाट सुरु हुने निर्देशक सौरभ चौधरीले जानकारी दिए।

गत साल चैत्रमा सुशिल पौडेलले आफूलाई बोलाएर फिल्म निर्माण गर्न अफर गरेको सौरभले बताए। फिल्‍मको कथावस्तु राम्रो लागेर फिल्ममा निर्देशक रुपमा भित्रिएको चौधरीले सुनाए।

फिल्मको कथा पनि प्रसादसँगै अन्तरसम्बन्धित रहेको निर्देशक चौधरीले जानकारी दिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell