PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव



पहिलोपोस्ट

भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

जनकपुरधाम : जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहने बताएका छन्।

जमिअत उलमाए नेपालद्वारा सोमवार जनकपुरधाममा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तर्क्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेका कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्दै संघर्षलाई निरन्तरता दिनु पर्ने बताए।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम समुदायलाई शिक्षामा जोड दिन आग्रह गरे। अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मुश्लिम समुदायका बालबालिकालाई शिक्षामा जोड दिन आग्रह गरे।

मुख्यमन्त्री राउतले मुस्लिम समुदायलाई मुलुकको मुल धारमा ल्याउनु आजको आवश्यकता रहेकोले प्रदेश सरकार त्यस दिशामा अघि बढेको दावी समेत गरे। प्रदेश सरकारले सबै क्षेत्रमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै राउतले शिक्षा प्राप्त गरे मात्र आरक्षणको उपभोग गर्न पाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell