PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चितुवाको छालासहित तीन जना पक्राउ



रासस

चितुवाको छालासहित तीन जना पक्राउ

नेपालगञ्ज : बाँकेको कसुमबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका-३ का जीतबहादुर डिसी, कुमाख गाउँपालिका-७ का कमल डिसी र हिमेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अवैधरुपमा ओसारपोसार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा चेकजाँचमा कडाइ गरेको थियो। कुसुमस्थित सडकखण्डमा शङ्कास्पदरुपमा हिँडिरहेका व्यक्तिहरुलाई आज खानतलासी गर्ने क्रममा चितुवाको छालासहितको झोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

खानतलासीका क्रममा जीतबहादुरले बोकेको कालो रङ्गको झोलाभित्र दुई थान चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक रानाले बताए। पक्राउ परेकाहरु वन्यजन्तुका छाला तथा अङ्ग खरीद बिक्री गर्ने कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनीहरुलाई एक लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानूनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell