PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

युभेन्टसको जितमा रोनाल्डोको दोहोरो गोल



पहिलोपोस्ट

युभेन्टसको जितमा रोनाल्डोको दोहोरो गोल
Photo: Reuters

इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले क्रोटोनमाथि जित निकालेको छ। युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टोलीले अंकतालिकाको पुछारमा रहेको क्रोटोनमाथि ३-० गोलअन्तरले जित निकालेको हो।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दा वेस्टन म्याककिन्नीले एक गोल गरे। खेलको ३८ औं मिनेट र पहिलो हाफमा अतिरिक्त समयमा रोनाल्डोले हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए। दोस्रो हाफमा म्याककिन्नीले एक गोल थपे। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै २२ खेलबाट ४५ अंक जोडेको युभेन्टस अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। तालिकामा शीर्षस्थानमा रहेको इन्टर मिलान र दोस्रो स्थानमा रहेको एसी मिलानले समान २३ खेल खेलेर क्रमश ५३ र ४९ अंक बनाएका छन्। त्यस्तै युभेन्टससँग पराजय ब्यहोरेको क्रोटोन १२ अंक जोडेर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell