PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार



पहिलोपोस्ट

दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्।

झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्ट्पटाइ रहेका ४ जनालाई अस्पताल पठाएका हुन्।

उनले दुर्घटनामा परेको देख्ने वित्तिकै आफ्नो गाडी रोक्न लगाई घाइतेलाई गाडीमा राखेर चपुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मीसहित पठाएका हुन्। नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै सेवा नहुने प्रदेश प्रमुख झाले बताए।

शुक्रवार प्रदेश प्रमुख नियुक्त भएका झाले आइतवार पदभार ग्रहण गरेका थिए। कार्यालयमा पृथ्वीनारायण शाहको पूर्ण कदको तस्विर राखेको भन्दै उनको सामाजिक सञ्जालमा चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell