PahiloPost

May 16, 2026 | २ जेठ २०८३

हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते



पहिलोपोस्ट

हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते

हेटौंडा : मंगलबार विहानै बागमती प्रदेशको राजधानी हेटौंडामा डरलाग्दो दुर्घटना भएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोलमा दुई वटा सुमो एक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्।

हेटौंडाबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरको ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका छन्।

घाइतेहरूको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अत्याधिक गतिको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। एक आपसमा ठोक्किएका दुवै सुमो प्रहरी चौकी चौकीटोलको नियन्त्रणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell