PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

एन्टिडोपिङ्ग बोर्ड सदस्यमा डा शाह मनोनित



पहिलोपोस्ट

एन्टिडोपिङ्ग बोर्ड सदस्यमा डा शाह मनोनित

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्रविक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टिडोपिङ्ग अर्गनाइजेशनको बोर्ड सदस्यमा मनोनित भएका छन्।

शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

डा शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टिडोपिङ्ग सम्बन्धी गतिविधिहरुको अध्ययन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टिडोपिङ्ग सम्बन्धी कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नु पर्नेछ।

नेपालमा हालसम्म पनि एन्टिडोपिङ्गको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटीमार्फत हुँदै आएको छ। एन्टिडोपिङ्गको संस्था संचालन गर्न निकै ठूलो धनराशी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाई भइरहेको जनाइएको छ।

यस्तै डा शाह अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टिडोपिङ्ग कमिसनको सदस्यमा समेत मनोनित भएको डा शाहले जानकारी गराएका छन्। महासंघले विश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो। १८० भन्दा बढि राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो।

हाड तथा जोर्नी बिज्ञ डा शाह नेपालकै पहिलो वीर अस्पतालको ट्रमा सेन्टरमा समेत कार्यरत रहँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell