PahiloPost

Mar 8, 2021 | २४ फागुन २०७७

डम्फु बजाउँदै नेकपाको जनवर्गीय संगठन उत्रिए सरकारविरोधी प्रदर्शनमा

डम्फु बजाउँदै नेकपाको जनवर्गीय संगठन उत्रिए सरकारविरोधी प्रदर्शनमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभिन्न जनवर्गीय संगठनले आज राजधानीमा प्रदर्शन गरेका छन्। आदिवासी जनजाति महासंघबाट आएको समूहले परम्परागत बाजाहरु बजाएका थिए। उनीहरुले डम्फु बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आ आफ्नै भाषामा नारावाजी पनि गरेका थिए। 

रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएर असन हुँदै वसन्तुपर पुगेर कोणसभा परिणत भएको थियो विरोध प्रदर्शन। 

नेकपाको प्रचण्ड - माधव समूहसँग नजिक रहेका आदिवासी जनजाति महासंघसँगै, अखिल नेपाल महिला संघ, मधेशी राष्ट्रिय मुक्तिमोर्चा, नेपाल लोकतान्त्रिक मधेशी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन्।

गएको पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा अनौपचारिक रुपमा फुटिसकेको छ। त्यसको असर जनवर्गीय संगठनहरु पनि परेको छ। आज विरोधमा उत्रिएकाहरु आन्दोलनरत समूहसँग नजिक छन्।
आन्दोलनमा उत्रिएका सबैले आ आफ्नो पहिचान खुल्ने पहिरन लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell