PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

अमिताभको फिल्म ‘चेहरे’ अप्रिलमा रिलिज हुने



पहिलोपोस्ट

अमिताभको फिल्म ‘चेहरे’ अप्रिलमा रिलिज हुने

अमिताभ बच्चनको फिल्म ‘चेहरे’को रिलिज मिति तय भएको छ। रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा फिल्महलमा रिलिज हुने भएको हो

फिल्ममा अमिताभका साथै इमरान हश्मीको मुख्य भुमिका रहेको छ। इमरान हस्मीले पहिलो पटक ‘चेहरे’मार्फत अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका हुन्।

अमिताभले ‘चेहरे’को पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हुन्। जसमा उनले लेखेका छन्, ‘अनुहार भन्दा ठूलो कुनै पर्दा छैन। वास्तविक अनुहारको पर्दा उठ्नेछ। बहुप्रतिक्षित रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा हलहरुमा आउँदैछ।’

 

फिल्म ‘चेहरे’मा रुवी जाफरीको निर्देशन रहेको छ। फिल्ममा अन्नु कपूर, टिभी अभिनेत्री क्रिस्टल डिसूजा, रघुवीर यादव र धृतिमान चटर्जीको पनि भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell