PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रवि लामिछानेले ल्याए पहिलो ‘फोर के’ टेलिभिजन च्यानल



पहिलोपोस्ट

रवि लामिछानेले ल्याए पहिलो ‘फोर के’ टेलिभिजन च्यानल

काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत गोरखा मिडिया नेटवर्कका साथै ‘ग्यालेक्सी फोरके’ सञ्चालन गर्ने घोषणा गरिएको हो। ‘फोर के’ टेलिभिजन च्यानल नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको हो।

जनताको आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जन कार्यक्रम प्रसारण गर्न टेलिभिजन सञ्चालनमा ल्याएको रवि लामिछानेले बताए। उनले भने, ‘नेपालमा जनताका मुद्दा जस्ताका त्यस्तै रहे। सर्वसाधारणका मुद्दालाई हेडलाइन बनाउने उद्देश्यले यो टेलिभिजन सञ्चालन ल्याएका हौँ।’

‘ग्यालेक्सी फोरके’मा ‘रामायण’, ‘क्राइम पेट्रोल नेपाल’, ‘को बन्छ करोडपती’, ‘सारेगम’, ‘लाल मोहर’, ‘सिधा कुरा’, ‘सम्बन्ध’, ‘फरेभर’, ‘आविष्कार’लगायत कार्यक्रम आउने भएका छन्।

विजयकुमार, राजेश हमाल, दीपकराज गिरी, रमेश प्रसाई, नवराज पराजुली, महावीर पुन लगायतले कार्यक्रम सञ्चालन गर्ने जानकारी समेत दिइएको थियो। टेलिभिजनको अध्यक्षमा डीबी राई, उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा लामिछाने रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell