PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

संविधानलाई अदालतले बचायो, अब संसद र अदालत पनि बलियो भयो : पूर्व प्रधानन्यायाधीश सुशीला कार्की



पहिलोपोस्ट

संविधानलाई अदालतले बचायो, अब संसद र अदालत पनि बलियो भयो : पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौं : पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयले सर्वोच्च अदालतको सम्मान झनैं बढाएको बताएकी छिन्। कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पूर्व प्रधान न्यायाधीश कार्कीले अदालतको निर्णयले संसददेखि अदालत समेतलाई बलियो बनाएको टिप्पणी गरेकी छिन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

पूर्व प्रधान न्यायाधीश कार्कीले संविधानलाई अदालतले बचाएको समेत बताएकी हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell