PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भोलिको विरोध सभा विजय सभामा रुपान्तर हुने, प्रचण्ड-नेपाल चितवनमा



पहिलोपोस्ट

भोलिको विरोध सभा विजय सभामा रुपान्तर हुने, प्रचण्ड-नेपाल चितवनमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले विजय उत्सव मनाउने भएको छ। 

चितवनमा बुधवारका लागि तय भएको कार्यक्रमका लागि प्रचण्ड र माधव नेपाल भने अहिले अहिले उतै छन्। भोलिको बिरोध सभा अब विजय सभामा परिणत हुने प्रचण्डका प्रेस संयोकज विष्णु सापकोटाले जानकरी दिए। उनका अनुसार अब पार्टीले विजयी र्‍यालीको आयोजना गर्नेछ। प्रचण्ड र नेपालले भने औपचारिक प्रतिक्रिया जनाइसकेका छैनन्। नेकपाका अरु नेताहरुले भने अदालतप्रति विश्वास बढेर गएको तथा आफू विजयी भएको बताएका छन्।

प्रचण्ड नेपाल समूहका नेता जनर्दन शर्माले अदालतको प्रशंसा गरेका छन्।

'नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रति जनताको विश्वासलाई नयाँ उचाइमा उठाएको छ। न्यायालयलाई जनताको सलाम छ,' उनले भने।

अर्का नेता विष्णु रिजालले अदालतले संविधान जोगाएको बताएका छन्।

'संसद् पुनर्स्थापना गरेर सर्वोच्च अदालतले हाम्रो संविधान जोगाएको छ। राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहॉहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell