PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

ओलीको कदम प्रतिक्रान्तिकारी भएको सर्वोच्चको फैसलाले पुष्टि गर्‍यो- झलनाथ खनाल



पहिलोपोस्ट

ओलीको कदम प्रतिक्रान्तिकारी भएको सर्वोच्चको फैसलाले पुष्टि गर्‍यो- झलनाथ खनाल

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै खनालले सर्वोच्चको फैसलाबाट २०६२/०६३ को आन्दोलन सहितका सबै आन्दोलनका उपलब्धिको रक्षा गर्दै संविधानकोसमेत रक्षा गरेको प्रतिक्रिया दिएका हुन्। न्यायाधीशहरुलाई धन्यवाद तथा बधाई समेत दिए।

सर्वोच्चको फैसलाले ओलीका सबै कामलाई गलतसमेत सावित गरिदिएको बताए। 'पार्टीलाई दम्भ र घमण्डको आधारमा पार्टीलाई नै फुटाउने गरी प्रधानमन्त्री ओलीले गलत कदमको थालनी गरेका थिए,' उनले भने, 'यसलाई अदालतको फैसलाले गलत सावित गरिदिएको छ। अदालतको फैसलाले पुस ५ गतेको घटना प्रतिक्रान्तिकारी थियो, गलत थियो र प्रतिगमनकारी थियो भन्ने सिद्ध गरिदिएको छ।'

उनले नेकपा वैधानिक रुपमा विभाजन भइनसकेको भन्दै नेकपा थप एक भएर अगाडि बढ्नेसमेत बताए। 'अहिले जो उता हुनुहुन्छ। उहाँहरुलाई फर्किएर अगाडि बढ्न आह्वान गर्दछु,' उनले भने।

अब देश राष्ट्रिय एकता गरी सबै लोकतान्त्रिक शक्तिहरु मिलेर देशलाई समृद्ध गर्ने नयाँ दिशामा अगाडि बढ्नुपर्नेसमेत खनालले बताए। उनले ओलीको कदम क्षमा दिन लायकसमेत नभएको टिप्पणी गर्दै अब उनले चाल्ने कदमलाई हेरेर निष्कर्षमा पुग्नेसमेत बताए।

संसद पुन:स्थापना भइसकेपछि सबै मुद्दाहरु यथावत रहेको भन्दै अगाडि भने, 'नेकपा कानुनी रुपमा विभाजित भएको छैन। गल्ती महसुस गरेर आउनेलाई हामी स्वागत गर्छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell