PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सर्वोच्चको फैसलासँगै तानाशाही व्यवस्थाको अन्त्य हुनेछ : राज्यमन्त्री यादव 



पहिलोपोस्ट

सर्वोच्चको फैसलासँगै तानाशाही व्यवस्थाको अन्त्य हुनेछ : राज्यमन्त्री यादव 

जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएसँगै प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहाकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सर्वोच्चले आज गरेको फैसलाले तानाशाही र हिटलरशाही व्यवस्थाको अन्त्य हुने भएको बताएका छन्।

राज्यमन्त्री यादवले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको समेत बताए।

पहिलो पोस्टसँग संक्षिप्त कुराकानी गर्दै राज्यमन्त्री यादवले भने, ‘सम्मानित सर्वोच्च अदालतले गरेको आजको फैसला स्वागत योग्य छ, यसले न्यायालयमाथिको विश्वास झन् बढेको छ।’

उनले थपे, ‘आजको फैसलाले न्यायको जित भएको छ, विधि र शासनको जित भएको छ, तानाशाही र हिटलरशाही व्यवस्थाको अन्त्य हुने भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell