काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्यो। मंगलवार सर्वोच्च अदालतले संविधानमा उल्लेख नभएका कुरालाई मान्न नसकिने भन्दै फैसला सुनाएको हो।
सर्वोच्चको निर्णय सरकारदेखि आम मानिसको पर्खाइको विषय थियो। यसैबिच सर्वोच्चले बहुमतको प्रधानमन्त्रीलाई विघटन सिफारिस गर्ने संवैधानिक अधिकार संविधानमा उल्लेख नभएको भन्दै राष्ट्रपतिको निर्णय र सूचना असंवैधानिक भएकाले बदर गर्ने निर्णय गर्यो। निर्णयलाई लिएर आम मानिसको टिका टिप्पणीले सामाजिक सञ्जाल भरिएको छ। केहीले न्यायलयप्रति आम मानिसको विश्वास बढेको बताएका छन् भने केहीले व्यङ्ग्यात्मक हिसाबमा आफ्नो विचार राखेका छन्।
प्रधानमन्त्री ओलीको जन्मदिनकै दिन अदालतले संसद विघटन गर्नुलाई धेरैले जन्मदिनको उपहारको संज्ञासमेत दिएका छन्।
युवा उद्यमी सञ्जय काफ्ले संसद विघटन बदर गर्नुलाई अदालतको ऐतिहासिक फैसलाको संज्ञा दिन्छन्। उनले लेखेका छन् : न्यायको पक्षमा फैसला भयो। न्यायलयलाई सलाम। हामीले खोजेको लोकतन्त्र यही हो। जुन एउटा व्यक्तिको अधीनमा हुँदैन।
संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला! This is the kind of democracy we were looking for. A big salute to...
Posted by Sanjay Kafle on Tuesday, February 23, 2021
फिल्मकर्मी जितेन्द्र खतिवडा व्यङ्ग्य गर्दै लेख्छन् : सर्वोच्चको एउटा आदेशले ओली, महेश बस्नेत र ५ लाख साइबर सेना बेरोजगार भएका छन्।
सर्वोच्चको एउटा आदेशले ओलि, महेश बस्नेत र ५ लाख साइबर सेना बेरोजगार भएका छन।
Posted by Jeetendra Khatiwoda on Tuesday, February 23, 2021
त्यस्तै संस्कृति रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको बताउँदै प्रधानमन्त्रीलाई भनेकी छिन् 'जन्मदिनको शुभकामना केपी बा।' साथै केपी ओली समर्थकहरूलाई सम्बोधन गर्दै लेखेकी छिन्,'कमरेडहरू सही सलामत रहनुहोला। हृदयघात् नहोस् भन्ने कामना छ है।'
उनले आज प्रधानमनत्रीलाई पटक पटक 'ह्याप्पी बर्थडे' भन्न मन लागेको जनाएकी छिन्।
कमरेडहरु सहिसलामत रहनुहोला।😉 Heart attack नहोस् भन्ने कामना छ है। kp बा happy birthday.. भनिरहुँ लाग्ने रैछ।😋
Posted by संस्कृति रिजाल on Tuesday, February 23, 2021
विद्युत लामिछानेले अदालतको फैसलालाई 'जनताको जित'को संज्ञा दिएका छन्।
त्यस्तै चिकित्सक विसाद दहालले प्रधानमन्त्रीले अझै पनि स्वविवेकले पद नछाड्ने अनुमान गरेका छन्। लेखेका छन्,'अब एकपटक गलत्याएर निकालेको हेर्न मन छ। हेप्पी बड्डे जनाव।'
कवि सौरभ कार्कीले भने यस फैसलालाई प्रतिगमन आधा सच्चिएको बताएका छन्।
ट्वीटर प्रयोगकर्ता लिवाङी लेख्छन् : देशमा अझै संविधान, कानुन, न्याय र लोकतन्त्र छ भन्ने आशा प्रवाह गर्न सर्वोच्च अदालत सफल भयो। संविधान, कानुनलाई खेलौना जसरी निमोठ्ने केपी ओलीतन्त्रलाई केपी ओलीकै जन्मदिनमा गज्जब उपहार।
देशमा अझै संबिधान, कानुन, न्याय र लोकतन्त्र छ भन्ने आशा प्रवाह गर्न सर्बोच्च अदालत सफल भयो
— लिबाङी™☭ अराजकताबादी® (@libangi13) February 23, 2021
संबिधान, कानुन लाई खेलौना जसरी निमोठ्ने केपि ओलीतन्त्रलाई केपि ओली कै जन्मदिनमा गज्जब उपहार
संसद विघटन बदर
सूर्य नामबाट ट्वीटर प्रयोग गर्नेले लेखेका छन् : चिन्ता छ ती आखाँमा पट्टी लगाएर 'बा'को महिमा गाउनेहरूको। लम्पसार पररेर आराधना, पूजापाठ, ढोग, भक्ति गर्नेहरूको। के होला अब तीनीहरूको? यति चिन्ता त देशको पनि लागेको थिएन।
चिन्ता छ, ती आंखामा पट्टि लाएर ‘बा’ को महिमा गाउनेहरूको, लम्पसार परेर आराधना, पूजापाठ, ढोग, भक्ति गर्ने हरूको। के होला अब तिनीहरूको?
— Surya (@ZYYZ09) February 23, 2021
यति चिन्ता त देशको नि लाग्याथेनं। 😂
त्यस्तै अनुप ढकालले सर्वोच्चको यस निर्णयले संविधान रहेसम्म ठूलो महत्व राख्ने बताएका छन्। प्रधानमन्त्री र राष्ट्रपतिले राजिनामा नदिए अविश्वासको प्रस्ताव वा महाअभियोग अन्य उपाय हुनसक्ने जनाएका छन्।
सर्वोच्च अदालतले आज दिएको निर्णयले यो संबिधान रहेसम्म ठुलो महत्व राख्छ। विघटनको पक्षमा रहेका सांसद कुन मुख लिगेर सांसद जालान? विघटन गर्ने प्रधानमन्त्री र लालमोहर लगाउने राष्ट्रपतिले राजिनामा दिए भयो नदिए अबिश्वास प्रस्ताब र महाअभियोग छदैछ।
— Anup (@dklanup) February 23, 2021
संसद बिघटनको बिरोधमा रहेका सबैलाई बधाइ।
लेखक दूर्गा कार्कीले सर्वोच्चले लोकतन्त्रप्रतिको नागरिकको आस्था जोगाएको र त्योभन्दा बढी जनताको न्यायालयप्रतिको आस्था जोगाएको तर्क राखेकी छिन्। भनेकी छिन्,'यति नगरेको भए सधैंका लागि यो मुद्दा न्यायालयमाथिको कलङ्क बन्ने निश्चित थियो। आफ्नो र अदालतको साख जोगाएकोमा बधाई, धन्यवाद।'
आजको निर्णयले सर्वोच्चले लोकतन्त्रप्रतिको नागरिकको आस्था जोगाएको त हो नै, त्योभन्दा बढी जनताको न्यायालयप्रतिको आस्था जोगाएको हो।
— Durga Karki (@durgakrk) February 23, 2021
यति नगरेको भए सधैँका लागि यो मुद्दा न्यायालयमाथिको कलङ्क बन्ने निश्चित थियो।
आफ्नो र अदालतको साख जोगाएकोमा बधाई, धन्यवाद!#संसद_पुनर्स्थापना
लेखक आन्विका गिरीले लेखेकी छिन्,'ओलीको सनकमाथि अदालतको विवेक।'
