PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सर्वोच्चको फैसलाको स्वागत गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्वलन

सर्वोच्चको फैसलाको स्वागत गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्वलन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छन्। अदालतको फैसलाको स्वागत गर्दै ‍प्रचण्ड माधव नेपाल समूहको नेकपा निकट विद्यार्थीहरु, विवेकशील साझा पार्टी तथा स्वतन्त्र युवाहरुले पनि विभिन्न स्थानमा दीप प्रज्वलन गरेका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell