PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेपालमा पहिलो पटक 'फोर के' टिभी, प्रसारण हुँदै रामायणदेखि क्राइम पेट्रोल नेपालसम्म



पहिलोपोस्ट

नेपालमा पहिलो पटक 'फोर के' टिभी, प्रसारण हुँदै रामायणदेखि क्राइम पेट्रोल नेपालसम्म

काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेलगायतले नयाँ टेलिभिजन च्यानल 'ग्यालेक्सी फोरके' सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरी गोरखा मीडिया नेटवर्कका साथै 'ग्यालेक्सी फोरके'को घोषणा गरेका हुन्।

'फोर के' टेलिभिजन च्यानल नेपालमा पहिलो चोटि सञ्चालनमा आउन लागेको समूहको दाबी छ।

जनताको आवाजलाई प्राथमिकता दिदैँ मनोरन्जन कार्यक्रम प्रसारण गर्न नयाँ टेलिभिजन सञ्चालनमा ल्याएको रवि लामिछानेले बताए। भने, 'नेपालमा जनताका मुद्दा जस्ताका त्यस्तै रहे। सर्वसाधारणका मुद्दालाई हेडलाइन बनाउने उदेश्यले यो टेलिभिजन सञ्चालन ल्याएका हौँ।'

टिभी च्यानलमा रामायण, क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपती, सारेगम , लाल मोहर, सिधा कुरा, सम्बन्ध, फर्रइभर,आविष्कारलगायत कार्यक्रम आउने भएका छन्।

विजयकुमार, राजेश हमाल, दीपकराज गिरी, रमेश प्रसाई,  नवराज पराजुली, महावीर पुन लगायतले कार्यक्रम सञ्चालन गर्नेछन्।

टेलिभिजनको अध्यक्षमा डीबी राई, उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा लामिछाने रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell