PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कोभिड-१९ सँगै निम्न आय भएका देशहरुमा शिक्षा क्षेत्रको बजेटमा कटौती



पहिलोपोस्ट

कोभिड-१९ सँगै निम्न आय भएका देशहरुमा शिक्षा क्षेत्रको बजेटमा कटौती
सरस्वती पूजाका दिन अक्षराम्भ गर्दै एक बालिका। फाइल फोटो

काठमाडौं : कोभिड-१९ माहामारीका बिचमा विश्वका दुई-तिहाई निम्न तथा निम्न मध्यम आय भएका देशहरुले शिक्षा क्षेत्रको बजेटलाई कटौती गरेका छन्। विश्व बैंक र राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो।

नेपाल सहितका देशहरुको अध्ययनका क्रममा यस्तो देखिएको हो।

'निम्न आयाय भएका देशहरुमा शैक्षिक बजेटमा घट्दो ट्रेन्ड देखिएको छ। जुन सकरात्मकदेखि नकारात्मक ट्रेन्ड तर्फ घटिरहेको छ,' एजुकेशनल फाइनान्स वाच-२०२१ प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा तत्काल बजेट कटौती न्यून देखिए पनि यो बढ्दै जाने उल्लेख छ।

'भविष्यमा महामारीका कारण आर्थिक अवस्था खस्किँदै जाँदा बजेट कतौटी बढ्ने खतरा भएको छ,' प्रतिवेदनमा भनिएको छ। युनेस्कोले शैक्षिक सहयोग २ बिलियन अमेरिकी डलरसम्मले गिरावट आउने र यो लेवल ६ वर्ष सम्म यस्तै रहने अनुमानसमेत गरेको छ।

पछिल्लो समयमा विश्वब्यापी रुपमा शैक्षिक क्षेत्रमा बजेट बढ्दै गए पनि महामारीले यसमा अवरोध खडा गरेको प्रतिवेदनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell