PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रचण्ड-नेपालले पनि बोलाए स्थायी कमिटी बैठक, ओलीले छलफल तीब्र पार्दै



पहिलोपोस्ट

प्रचण्ड-नेपालले पनि बोलाए स्थायी कमिटी बैठक, ओलीले छलफल तीब्र पार्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले दुई बजेका लागि स्थायी कमिटी बैठक बोलाएका छन्।

४ बजे संसदीय दलको बैठक बोलाएका प्रचण्ड-नेपालले त्यसअघि स्थायी कमिटी सदस्यलाई बोलाएका हुन्। २ बजे स्थायी कमिटी बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

'अध्यक्षहरुले स्थायी कमिटी बोलाउनुभएको छ। संसदीय दलको बैठक अगाडि,' उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले मंगलवार बदर गरेपछि नेकपाका प्रचण्ड-नेपाल र ओली समूह आन्तरिक छलफलमा जुटेका छन्। ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ। केही समय अघिमात्रै प्रचण्ड र नेपाल काठमाडौं आइपुगेका हुन्। बुधवारका लागि चितवनमा तय भएको विरोध सभालाई सम्बोधन गर्न पुगेका प्रचण्ड नेपाल काठमाडौं आइपुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell