PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ओलीलाई गल्ती स्वीकारेर माफी माग्दै राजीनामा दिन भीम रावलको सुझाव



पहिलोपोस्ट

ओलीलाई गल्ती स्वीकारेर माफी माग्दै राजीनामा दिन भीम रावलको सुझाव

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहका सुदूर पश्चिम इन्चार्ज डा भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर जनतासामु माफी मागेमा उनीप्रति आफ्नो समूह सकारात्मक हुनसक्ने बताएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले अंसैवधानिक कदमको आत्मालोचना गरि प्रधानमन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताएका हुन्। 

‘व्यक्तिगत रुपमा केपी शर्मा ओलीले राष्ट्रका सामु आफुले गल्ती गरेँ, प्रनिनिधिसभा विघटन गरेर गल्ती गरेको रहेछु। नेकपा सामु 'माफ गर्नुस्' भन्दै नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने केही सकारात्मक बन्न सकिन्छ,’ उनले भने, ‘तर पार्टीबाट निष्काशित गरेको सन्दर्भमा मात्रै प्रधानमन्त्रीको सन्दर्भमा भन्या होइन।’

यस्तै, नेता रावलले १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश बमोजिम प्रतिनिधिसभा अगाडि बढ्ने बताए। ‘अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुरा भन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell