PahiloPost

May 16, 2026 | २ जेठ २०८३

ओलीले राजीनामा नदिने, संसद फेस गर्ने, पद छाड्ने विषय छलफलमा मात्र



पहिलोपोस्ट

ओलीले राजीनामा नदिने, संसद फेस गर्ने, पद छाड्ने विषय छलफलमा मात्र

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन्।

ओली समूहको बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको आदेशको पालना गर्ने बताएको ओली निकट नेता सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार ओलीले राजीनामा दिने विषयमा छलफल भए पनि उनी त्यसका लागि तयार नभएको उनले जानकारी दिए।

ओली आफैँले राजीनामा नदिने बताएका थिए। 'नैतिकताको आधारमा राजीनामा दिने नदिने त आफ्नो आफ्नो कुरा हो। उहाँले संसदलाई फेस गर्छु भन्नुभयो,' नेम्वाङले भने। अर्को स्थायी कमिटीको बैठक भने ओलीले बिहीवारका लागि बोलाएका छन्। अब केही दिन स्थायी कमिटी बैठक लगातार बस्ने नेम्वाङले बताए।

सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरेसँगै नैतिकताको आधारमा उनले राजीनामा गर्न सक्ने अपेक्षा गरिएको थियो। तर, ओलीले भने आफ्नो पक्षमै संसदीय दलमा बहुमत भएकाले संसद फेस गर्ने तयारी गरेको ओली समूहका नेताहरुको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell