![कान्स विजेता फ्रान्सेली अभिनेताविरुद्ध बलात्कारको आरोप](https://pahilopost.com/assets/upload/contentthumb/57cfb88f0f25442a748bcc78.jpg)
फ्रान्सेली कलाकार जेरार्ड डेपार्ड्युविरुद्ध बलात्कारको आरोप लागेको छ। तीन वर्ष अघि उनकै घरमा एक अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको हो। हाल घटनाबारे अनुसन्धान अघि बढेको छ।
पीडित महिलाले यौनजन्य दुर्व्यवहार र बलात्कार गरेको बताएकी छिन्। उनका अनुसार घटना सन् २०१८ मा पेरिसमा घटेको हो।
जेरार्डका वकिलले फ्रेन्च न्यूज एजेन्सीसँग यस आरोप र अनुसन्धानबारे खबर सार्वजनिक हुनुलाई गलत भएको बताएका छन्। एकपछि अर्का चर्चित कलाकारविरुद्ध यौनजन्य दुर्व्यवहारको आरोप लाग्नुले फ्रान्सको कला क्षेत्रमा तरङ्ग पैदा बीबीसीमा जनाइएको छ।
७३ वर्षीय जेरार्ड सफल अभिनेता हुन्। उनका 'जीन डी फ्लोरेट', 'ग्रीन कार्ड', 'सुरानो'जस्ता फिल्महरू चर्चित छन्। उनले १ सय ७० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। सन् १९७३ मा डेब्यू गरेका उनले सुरानोमार्फत् सन् १९९० को कान्समा उत्कृष्ट अभिनेताको अवार्ड समेत जिते। सोही भूमिकाका लागि उनी अस्करमा समेत मनोनयमा परेका थिए। ग्रीन कार्डमा निभाएको चरित्रका कारण उनी फ्रान्सेली भाषा बाहेकको दर्शकको आँखामा परेका थिए।
बलात्कार आरोपको प्रारम्भिक अनुसन्धान सन् २०१९ मा खारेज भएको थियो। कारण – आरोपितसँग पर्याप्त प्रमाण नहुनु। सन् २०२० को मध्यदेखि अनुसन्धान पुन: सुरु भयो।
हाल उनी स्वतन्त्र छन् तर न्यायिक निगरानीमा।
आरोपितको वकिल एलोडी टुइइलोन हिबोनले पनि एएफपीसँग आफू जसका लागि लडिरहेकी छिन् उनको गोपनीयता कायम रहनु पर्नेमा जोड दिइन्।